प्रधानमन्त्री ओलीले भने- ‘बिआरआईबाट देशलाई लाभ हुन्छ’

प्रधानमन्त्री ओलीले भने- ‘बिआरआईबाट देशलाई लाभ हुन्छ’

केन्द्रबिन्दु
30
Shares

झापा । प्रधानमन्त्री एवंं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताएका छन् ।

एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले बिआरआईमा हाललाई देशको आर्थिक अवस्था हेरेर ऋण नलिइ सहकार्य र सहयोगलाई बढी जोड दिइएकोे स्पष्ट गरेका हुन् ।

“अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ । विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ । हामीले ऋण लिएर खुरूखुरू घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ,” प्रधानमन्त्री ओलीले भने, “कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ । बिआरआईलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभइ व्यापक अर्थमा बुझ्नुपर्छ । हामीले हाम्रो विकासको हितका के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ ।”

Skip This
Skip This
Logo