काठमाडौँ
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताएका छन् ।
नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उनले संघीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न २० हजार कर्मचारीको आवश्यकता रहेको बताएका हुन् ।
महिला सशक्तिकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त समूहले विभिन्न सिपमूलक तालिम सञ्चालन गरेकामा त्यसको सराहना गर्दै उनले भने, मुलुकमा पूर्वाधार विकास तथा उत्पादन क्षेत्रमा लगानी गरेर ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ ।































प्रतिक्रिया