दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले शानदार जित दर्ता गरेको छ। नेपालले १४५ रनले जित हात पारेको हो।
नेपालले दिएको २४३ रनको चुनौती पछ्याउने क्रममा युएइ निरिह देखियो । युएइले १९.३ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्रै बनायो। खेलमा सोमपाल कामीले ५ विकेट लिएका छन् भने सन्दिप लामिछानेले ४ र कारण केसीले एक विकेट लिएका छन्। खेलमा सन्दिपले ओभर ह्याट्रिक गरेका छन्। उनले एक ओभरमै ३ विकेट लिएका हुन्।
नेपालले सबै ओभर खेलेर ९ विकेटको क्षतिमा २४२ रन बनाएको थियो । खेलमा ज्ञानेन्द्र मल्लले ४ चौकासहित ४४ रन, बिनोद भण्डारीले २ चौकासहित २१ रन , कप्तान पारस खड्काले २१,दिपेन्द्र सिङ्ग ऐरीले २ चौकासहित १० रन, आरिफ शेख २ चौकासहित २९, करण केसी ले २ छक्का र एक चौका सहित १८ रन, सोम्पाल कामी २ रन, पवन सरिफले ८ रन प्रहार गरे। रोहित पौडेलले ७ चौकासहित ५५ रन जोडे। सन्दिप लामिछानेले १४ र ललित राजबंशीले ३ रन जोडेका थिए ।
खेलमा सोमपाल कामी म्याद अफ द म्याच घोषित भए।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलिरहेको नेपाललाई सिरिज जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब थियो । जितसंगै नेपालले सिरिज १–१ को बराबरी भएको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।































प्रतिक्रिया