रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा, प्रतिवेदन बुझाउने तयारीमा प्रहरी

रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा, प्रतिवेदन बुझाउने तयारीमा प्रहरी

केन्द्रबिन्दु
90
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले कास्कीमा उनीविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगाएको हो ।

सबैतिर बयान सकिएर लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुगेपछि सरकारी वकिल कार्यालय कास्कीले पुस ५ गतेअघि नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको बताइएको छ । यसैबीच लामिछानेलाई वीरगन्जबाट आज कास्की नै फर्काउने तयारी गरिएको छ।

वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान मंगलबार एकैदिनमा सकिएपछि उनलाई कास्की लैजाने तयारी छ ।

लामिछाने ५४ दिनदेखि प्रहरी हिरासतमा छन् । लामिछानेलाई रूपन्देहीमा ३ दिन, काठमाडौँमा ४ दिन र चितवनमा २ दिन अनुसन्धानका लागि राखिएको थियो । यसअघि उनलाई पहिलोपटक ६, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिन, चौथोपटक १३ दिन, पाँचौँपल्ट १५ र छैटौँपटक ४ दिन म्याद थप गरिएको थियो ।

Skip This
Skip This
Logo