नेपाल vs युएई: नेपालको उत्साहजनक प्रदर्शन जारी (केन्द्रबिन्दुमा लाइभ)

नेपाल vs युएई: नेपालको उत्साहजनक प्रदर्शन जारी (केन्द्रबिन्दुमा लाइभ)

केन्द्रबिन्दु
0
Shares

संयुक्त अरब इमिरेट्स (युएई) बिरुद्ध एकदिवसीय खेलमा नेपालले उत्साहजनक  प्रदर्शन गरिरहेका छन् ।

४६ ओभरको  सक्दा २०८ रन पुर्याएका छन्। पहिलो सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलिरहेको नेपाललाई सिरिज जोगाउन पनि आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ । दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको थियो । नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज माघ १७, १८ र २० मा टी–२० सिरिज खेल्नेछ ।

हेर्नुहोस् लाइभ 

Skip This
Skip This
Logo