विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

केन्द्रबिन्दु
30
Shares

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् ।

आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताएका हुन् ।

‘एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरुको भविष्य समाप्त हुन्छ । एसइईभन्दा माथि जान नसक्दा उनीहरुमा निराशा उत्पन्न हुन्छ । विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो ।’, उनले भने, ‘शिक्षकहरुमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ । विद्यार्थीहरुले मेहनत गर्नुपर्छ । पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन् । म सबै विद्यार्थी भाइबहिनीहरु र शिक्षकलाई यस गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले बाल्यकालमा पढेका र खेलेका दिनहरुको पनि स्मरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसन र यसमा सघाउने सम्बन्धित पक्षलाई धन्यवादसमेत दिए ।

Skip This
Skip This
Logo