काठमाडौं । काठमाडौंको सिनामंगलमा लक्जरी ट्राभल एण्ड टुर सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक रूपमा उक्त कम्पनी सञ्चालनमा आएको हो ।
कम्पनीले ग्राहकहरुको सुविधाको लागि टिकट एण्ड टुर प्याकेज ल्याएको र यस प्याकेज अन्तर्गत रही हवाई टिकट काट्दा विशेष छुट पाइने कम्पनीका अध्यक्ष विक्रान्त कार्कीले जानकारी दिए । ‘हामीले साथीहरूसँग मिलेर नेपालमै केही गर्न सकिन्छ भन्ने उदेश्यले यो कम्पनीको सञ्चालनमा ल्याएका हौं, यो कम्पनीबाट खासगरी राष्ट्रिय र अन्तराष्ट्रिय टिकट एण्ड टुर प्याकेजिङको काम हुनेछ,’ उनले भने ।

दुई दशक यस क्षेत्रमा काम गरेका अधिकारीले ग्राहकहरुको लागि विश्वसनीय सेवा दिने पनि बताए ।































प्रतिक्रिया