साढे ७ वर्ष कैद माग गर्दै दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

साढे ७ वर्ष कैद माग गर्दै दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता

केन्द्रबिन्दु
90
Shares

काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रसाईंविरुद्ध साढे ७ वर्ष कैद माग गर्दै साइबर अपराधमा मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले मुद्दा अभियोजन गरेका हुन् ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबारमा मुद्दा दर्ता भएको छ । यसभन्दा अगाडि पनि मुद्दा चलेको हुनाले कानुनी व्यवस्थाभन्दा डेढी सजाय हुने व्यवस्थाअनुसार मुद्दा दर्ता भएको हो । सो व्यवस्थाअनुसार साढे ७ वर्ष कैद माग गरिएको बताइएको छ ।

प्रसाईंको थुनछेक बहस बिहीबार हुनेछ ।

Skip This
Skip This
Logo