टस जितेर पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्दै विराटनगर

टस जितेर पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्दै विराटनगर

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार हुने पहिलो खेलमा विराटनगर किंग्सले पहिलो ब्याटिङ गर्दै छ ।

कीर्तिपुरस्थित टियु मैदानमा विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुँदै छ ।

दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जीतको खोजीमा रहेका छन् । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।

पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जीत हात पारेको थियो । तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो ।

सुरुवाती दुवै खेल हारेको विराटनगरले भने तेस्रो खेलमा जीत हात पारेका थिए । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो । तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो । चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो ।

Skip This
Skip This
Logo