काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ ।
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका उनलाई म्याद थपका लागि जिल्ला अदालत कास्की उपस्थित गराइएको हो ।
पछिल्लो पटक मंसिर २३ गते जिल्ला अदालत कास्कीले चार दिन म्याद थप गरेको थियो । मंगलबार वीरगञ्ज लगेर उनलाई बुधबार पोखरा ल्याइएको थियो ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशीलाई पनि अदालत लगिएको छ ।































प्रतिक्रिया