काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको दोस्रो दिन विष्णुप्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा आज ४–अन्डर ६४ सहित समग्रमा ७ अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले डिफेन्डिङ च्याम्पियन निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। ३अन्डर ६५ स्कोर गरेका निरज समग्रमा ६अन्डर १३० सहित दोस्रो स्थानमा रहेका छन् ।
एमेच्योर सदभाव आचार्यले ३अन्डर ६५ को कार्ड तयार पार्दा समग्रमा ५अन्डर १३१ सहित तेस्रो स्थानमा उक्लिएका छन् । दिनेश प्रजापतिले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाए । उनले ५ अन्डर ६३ को स्कोर जोड्दा समग्रमा ४ अन्डर १३२ सहित चौथो स्थानमा उक्लिए ।
पहिलो दिनका लिडर जयराम श्रेष्ठले २ ओभर ७० को खराब प्रदर्शन गर्दा समग्रमा २ अन्डर १३४ सहित पाँचौं स्थानमा तल झरेका छन् । एमेच्योर राहुल विके र भेट्रान प्रोदीपक मगर समग्रमा १ अन्डर १३५ सहित संयुक्त रुपमा छैटौं स्थानमा रहेका छन् । राहुलले ३ अन्डर ६५ र दीपकले १अन्डर ६७ स्कोर गरे।
समग्रमा १ओभर १३७ सहित धनबहादुर थापा र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्त रुपमा आठौं स्थान बाँडे। धनले ४ अन्डर ६४ र भुवनले ३अन्डर ६५ मा दोस्रो दिनको खेल सकाए। यसैगरी रवि खड्का र प्रदीप कुमारलामा समग्रमा २ओभर १३८ सहित संयुक्तरुपमा १०औं स्थानमा रहे। रविले इभन–पार ६८ र प्रदीपले २ओभर ७० माआजको खेल सकाए।
शीर्षस्थानमा उक्लने क्रममा विष्णुले सानदार प्रदर्शन गर्दैफ्रन्ट नाइनमा ५अन्डर २९ को स्कोर बनाए। उनले पहिलो, दोस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा ५ पारको चौथो होलमाइगलको सफलता प्राप्त गरे। यसपछि १०औं होलको बोगीलेब्याक नाइन १ ओभर ३५ मा सकाए।
डिफेन्डिङ च्याम्पियन निरजले पहिलो होलमा इगल प्रहार गर्दै दिनको सुरूवात गरे । दोस्रो र छैटौँ होलमा एकएक सट खेर फाले। पाँचौं होलको बर्डीले फ्रन्ट नाइन १ अन्डर ३३ मा पूरा गरे। यसपछि १०औं होलमा बोगीको सामना गरे। १३औं होलमा इगल प्रहार गर्दा १७औं होलमा एक सट बचाए।उनले ब्याक नाइन २अन्डर ३२ मा पूरा गरे
नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइन २अन्डर ३२ र ब्याक नाइन १अन्डर ३३ मा सकाए। उनले पहिलो, चौथो, पाँचौं, आठौं र सत्रौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे। दोस्रो र सातौं होलमा एकएक सट खेर फाले।यो स्कोरमा सदभाव एमेच्योरतर्फ शीर्षस्थानमा रहेका छन् । उनले राहुल विकेलाई चार स्ट्रोकले पछि पारेका छन् ।
दिनको उत्कृष्ट स्कोर कार्ड निकाल्ने क्रममा दिनेशले बोगीरहित खेले। फ्रन्ट नाइनमा ४ अन्डर ३० र ब्याक नाइनमा १ अन्डर ३३ को स्कोर निकाले। पहिलो, दोस्रो, चौथो, आठौं र दशौं होलमा बर्डीको सफलता प्राप्त गरे।
३८ होलको समाप्तीमा १३(ओभर १४९ सम्म स्कोर गर्ने २२ प्रोर ६ एमेच्योर गल्फरले कट बनाएका छन् ।































प्रतिक्रिया