मिलन अमात्यका चौथो एल्बम ‘मिलन यात्रा’ सार्वजनिक

मिलन अमात्यका चौथो एल्बम ‘मिलन यात्रा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गायिका मिलन नेवार (अमात्य) को चौथो एल्बम ‘मिलन यात्रा’ विमोचन गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच गिति एल्बम ‘मिलन यात्रा’ को विमोचन गरिएको हो । गृहमन्त्री रामबहादुर थापाले एल्बमको विमोचन गरेका छन् । विमोचन कार्यक्रममा मिलन २ को गीत ‘मन रेशम’ को म्युजिक भिडियो पनि देखाईएको थियो ।

उक्त एल्बममा राजु सिंहले संगीत भरेका छन् । भने योगेन्द्र दहालको शब्द रहेको छ । गृहमन्त्री थापाको प्रमुख आतिथ्यमा आयोजित विमोचन कार्यक्रममा महिला आयोगकी पूर्व अध्यक्ष नैनकला (बर्खा) थापा, सांसद रामकुमारी झाक्री, योजना आयोगका सदस्य (प्रदेश १) पूर्ण लोक्सोम, वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ संगीतकार शक्ति बल्लब लगायतको सहभागी रहेको थियो ।

१३ वर्षको कलिलो उमेरमै व्यवसायी गायन यात्रा शुरु गरेकी अमात्यको सांगीतिक यात्रा भारतको आसामबाट सुरु भएको थियो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान, पदक र पुरस्कारबाट सम्मानित अमात्य सन् २००३ मा भारतको देशव्यापी ‘सुर संगम राष्ट्रिय रियालिटी प्रतियोगिता’ की उपविजेता बनेकी थिईन् ।

नेपाली कला संस्कृतिको आफ्नोपन र मायाले मिलनलाई २०११ मा मातृभूमि नेपालतर्फ तानेको थियो । नेपाल आगमनपछि करिब २ दर्जन राष्ट्रिय पुरस्कारबाट सम्मानित अमात्यले ‘नातिकाजी लोकप्रिय संगीत प्रतिभा पुरस्कार’ समेत प्राप्त गर्न सफल भएकी थिईन् ।

उनले विभिन्न १२ भाषामा करिब २ हजार भन्दा बढी गीत तथा एक सय भन्दा बढी चलचित्रका गीतमा आवाज दिएकी छन् । उनी एक सामाजिक अभियान्ता समेत हुन् । उनले ‘मिलन च्यारिटी फाउण्डेशन’ नामक संस्था खोलेर ‘सिंगिंङ फर सोसाईटी’ भन्ने नाराका साथ सांगीतिक प्रस्तुतिहरु दिँदैं आएकी छन् ।

आफ्नो सांगीतिक तथा गायन क्षेत्रबाट आउने रकमको केही अंश समाज सेवामा खर्च गर्दै आएकी छन् । उनले संस्थामार्फत पछिल्लो समय इटहरी ११ मा रहेको सहिद स्मृति आवाशीय माध्यमिक विद्यालयको सहयोगार्थ अभियान सञ्चालन गरिरहेकी छन् ।

Skip This
Skip This
Logo