काठमाडौं । एक महिने श्रीस्वस्थानी ब्रत कथा जारी छ । पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्ने श्रीस्वस्थानी ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्रीस्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रता कथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत कथामा प्रत्येक दिन एक एक अध्याय बाचन गर्ने गरिन्छ । स्वस्थानीको प्रत्येक अध्यायको कथा सकिएपछि इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानीव्रतकथायां‘भन्दै स्वस्थानीको आधारग्रन्थ स्कन्दपुराण भएको बताइएको छ ।
३१ अध्यायमा विभक्त स्वस्थानी व्रत कथाका केही कथा स्कन्दपुराणबाट लिइएको भए पनि सबै होइनन् । पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३ श्लोक मात्र स्वस्थानी व्रतमाहात्म्य बताइएको छ ।
स्वस्थानीको कथामा आउने प्रसङ्गहरू स्वस्थानी देवीको स्वरूप, व्रतविधिलगायत शिवशर्मा, गोमा, नवराज आदि प्रसङ्ग सामान्य रूपमा बताइएको छ । यसबाहेक श्रीमद्भागवत, विष्णु बाराहलगायतका पुराणलाई पनि स्वस्थानी कथाको आधार बनाइएको छ ।
स्वस्थानीको पाँचौ अध्यायमा कैलाश पर्वतमा शिव र पार्वतीको खरको घरमा वास भएको कथाको वर्णन गरिएको छ । साथै कोही पनि देवताहरुले वध गर्न नसकेका त्रिपुरासुरहरुको वध सम्पुर्ण देवताहरुको स्तुतिमा शिव भगवानले वध गरेको कुरा पनि उल्लेख गरिएको छ । थप तलको भिडियोमा श्रीस्वस्थानीको अध्याय पाँचः































प्रतिक्रिया