काठमाडौं । मनिष्मा फिल्मस् प्रा. लि. को व्यानरमा नेपाली कथानाक चलचित्र “रातो गलवन्दी” निर्माण गरिने भएको छ । हालै निर्माण पक्षले उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्र “रातो गलवन्दी” वारे जानकारी गराएको हो ।
करिव ९० लाखको लागतमा निर्माण हुन लागेको सो चलचित्र छायांकन पूर्वका रमणीय स्थलहरुमा हुने निर्माता नवराज लम्सालले जानकारी दिए ।
निर्माता नवराज लम्सालको अनुसार रातो भनेको क्रान्ती र गलवन्दी भनेको चिसोबाट जोगाउने सुन्दर पहिरन भएकोले क्रान्तिकारी भुटानी शरणार्थीको कहानीमा प्रेमकथामा आधारित चलचित्र निर्माण गर्न लागिएको हो ।
यस चलचित्रका निर्माताहरुमा नवराज लम्सालका साथै हिमाल कडेरिया र दुर्गा बस्नेत रहेका छन् । निर्माता लम्सालका अनुसार चलचित्र छाँयाङ्कन मोरङको पथरीस्थित शरणार्थी शिविरबाट सुरु गरिने भएको छ ।
सो चलचित्रमा चर्चित नायिका केकी अधिकारी, बुद्धी तामाङ, कोशिष क्षेत्री, सेन्जल पौंडेल, हेमन्त वुढाथोकी, अर्जुन गुरुङ्ग, यज्ञ वहादुर कटुवाल “चुप्पी डन” लगायतले अभिनय गर्नेछन ।
प्रेम कथामा आधारित कथामा बन्ने उक्त चलचित्रमा गाउँ सहरको परिवेशहरु उत्कृष्ठ शैलीमा समेटिने निर्देशक अनिश थापाले बताए । हिमाल कडेरियाको कथामा बन्न लागेको उक्त फिल्मिलाई सुमन योन्जनले छायांकन गर्नेछन ।































प्रतिक्रिया