केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

स्वस्थानीमा क्रिश्चियनको कथादेखि सभामुखको गल्तिसम्म

स्वस्थानीमा क्रिश्चियनको कथादेखि सभामुखको गल्तिसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

स्वस्थानीको किताबभित्र बाइबलको कथा

त्येक बर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म अधिकांश हिन्दु धर्मावलम्वी नेपालीहरुको घरघरमा स्वस्थानी ब्रत कथा वाचन गरिन्छ । स्वस्थानीको व्रत बस्दा मनोकांक्षा पूरा हुने जन विश्वासका साथ नेपाली समाजमा स्वस्थानीको कथाले गहिरो छाप पारेको छ । यद्यपि हरेक बर्ष स्वस्थानीमा समावेश कथाहरुका विषयमा विभिन्न खालका टिका टिप्पणीहरु पनि हुँदै आएका छन् । तर यसपटक भने ‘हिन्दुको खोल ओढेर क्रिश्चियन धर्मको प्रचार’ गरेको तथ्य सार्वजनिक भएको छ ।

बसमा अश्लिल हर्कत गर्ने युवकको खोजीमा जुट्यो प्रहरी, जानकारी दिन आग्रह

सार्वजनिक सवारीभित्र हस्तमैथुन गर्दै युवतीको कपालमा विर्य स्खलन गर्ने पुरुषको प्रहरीले खोजी थालेको छ । केही समयदेखि काठमाडौं उपत्याका सार्वजनिक सवारीमा चढेर अश्लिल क्रियाकलाप गर्दै आएका पुरुषको महानगरीय अपराध महाशाखाले खोजी थालेको हो । सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरिरहेका भिडियोहरु सार्वजनिक भएपछि प्रहरीले उनको खोजीकार्य थालेको हो । उक्त अश्लिल कार्यबाट त्रसित महिलाहरुले प्रहरीमा उजुरी दिएका थिए ।

देउवाको चेतावनी, ‘अब सरकारविरुद्ध सदन र सडकबाट आन्दोलन चर्काउछौं’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो नाराबाजीसहितको अवरोधका बीच ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पारित गरेकोमा आपत्ति जनाउँदै सरकार र सभामुखप्रति आक्रोश व्यक्त गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सो विधेयक पारित गराएर कम्युनिष्ट अधिनायकवादी चरित्र देखाएको भन्दै आपत्ति जनाए ।

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, अब डा. केसीले के गर्लान् ?

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैंठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको हो । नेपाली कांग्रेसका सांसदहरुको नारावाजी तथा अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरिएको हो । कांग्रेस सांसदहरुले नाराबाजीकाबीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए ।

आजदेखि धनगढीबाटै श्रम स्वीकृत दिन सुरु, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

भेनेजुयलामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले निकाले यस्तो विज्ञप्ती

डा. केसीको समर्थनमा प्रदर्शन गर्ने उज्जवल थापासहितका नेताहरु पक्राउ

बुद्ध एयरका मालिकलाई नेकपा नेताको खुलापत्र

फरार थुनुवा पाँच घण्टापछि पक्राउ

नेविसंघका ५ दर्जन कार्यकर्ता पक्राउ

विधेयक पास भएपछि योगेशले भने, ‘अब कोही गोविन्द केसी अनसन बस्नुपर्ने छैन्’

‘हुन्न’ भन्ने सदस्यको बहुमत हुँदाहुँदै चिकित्सा विधेयक पास (भिडियो)

सोसल मिडिया ट्रोलः प्रहरीले समातेको बाघ निकुञ्ज पुर्‍याउँदा भयो विरालो !

बूढीगण्डकी आयोजनाले १९ अर्ब मुअब्जा वितरण गर्यो

मलेसियामा १६ औं राजाको रुपमा सुल्तान अब्दुल्ला अहमद निर्वाचित

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo