दाल भात तरकारीको गीत ‘भिजिट भिसामा’ सार्वजनिक (भिडियोसहित)

दाल भात तरकारीको गीत ‘भिजिट भिसामा’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

मह सञ्चारको ब्यानरमा बनेको ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘भिजिट भिसामा’ बोलको उक्त गीतमा निशान भट्टराई र अञ्जु पन्तले स्वर दिएका छन् । हरिबंश आचर्यको शब्द रहेको उक्त गीतमा शम्भुजीत बास्कोटाले संगीत भरेका छन् ।

कविराज गहतराजको कारियोग्राफी रहेको यस गीतमा हरिबंश आचर्य, निरुता सिंह, पुष्प खड्का, बर्षा राउत र आँचल शर्मा फिर्चड छन् । यो गीतमा छायांकन दिर्घ गुरुङ र मित्र डी गुरुङले सम्पादन गरेका हुन् ।

किरण केसीको प्रस्तुती रहेको चलचित्र उनकै छोरा सुदन केसीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, निरुता सिंह, पुष्प खड्का, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धारा भुसाल, यमन श्रेष्ठ, मोहितबंश आचर्य, विल्सन बिक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मको कथा हरिबंश आचर्यले लेखेका हुन् । फिल्ममा पुष्प खड्काको जोडी स्वस्तिमासँग छ भने हरिबंशको जोडीको रुपमा निरुतालाई देख्न सकिनेछ ।

 

Logo