प्रतिष्ठाका लागि खेलिरहेको लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्दै

प्रतिष्ठाका लागि खेलिरहेको लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुरुवातमा बलिङ गरिरहेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।

लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफबाट बाहिरिसकेको छ ।

Logo