विधेयक पास भएपछि योगेशले भने, ‘अब कोही गोविन्द केसी अनसन बस्नुपर्ने छैन्’

विधेयक पास भएपछि योगेशले भने, ‘अब कोही गोविन्द केसी अनसन बस्नुपर्ने छैन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएपछि सत्तारुढ दल नेकपाले अब कुनै पनि गोविन्द केसीलदे अनसन बस्नुनपर्ने जनाएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकबाट बहुमतले विधेयक पारित भएपछि नेकपा नेता योगेश भट्टराईले आम नेपालीको जित भएको बताए । उनले चिकित्सा शिक्षा विधेयक पास भएपछि आम नेपालीको जित भएका दावी गरेका हुन् ।

अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गर्दै नेता भट्टराईले भने, ‘यो विधेयक पासभएसँगै तपाईको जित भएको छ । आम नेपालीको जित भएको छ । अब अनसन बस्ने अवस्थाको सधैगरी अन्त्य भएको छ ।’

यो विधेयक पास भएसँगै विदेशीलाई घाटा परेको भन्दै कार्यान्वयमा गएर चिकित्सक पढ्ने कुनै पनि विद्यार्थीले घर खेत बेच्नुपर्ने अवस्थाको अन्त्य भएको दावी गरे ।

‘यसले आम नेपालीलाई फाईदा पुग्नेछ । विदेशी जो नेपालमा चिकित्सा क्षेत्रमा लगानी गरेर वर्षेनी अर्बौ रुपैयाँ लैजान्थ्ये तिनिहरुको निद हराम हुन्छ । अब डाक्टर पढ्न कोही पनि नेपालीले घर खेत बेच्नुपर्ने अवस्था छैन् । त्यसको सधैको लागि अन्त्य भएको छ’ उनले भने ।

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, अब डा. केसीले के गर्लान् ?

Skip This
Skip This
Logo