लुम्बिनीमाथि कर्णाली याक्सको रोमाञ्चक जित, प्लेअफ सम्भावना कायमै

लुम्बिनीमाथि कर्णाली याक्सको रोमाञ्चक जित, प्लेअफ सम्भावना कायमै

केन्द्रबिन्दु
150
Shares

काठमाडौं । काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनी कर्णाली याक्ससँग ५ रनले स्तब्ध भएको हो ।

कर्णालीले दिएको एक सय २९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रनमै समेटिएको हो । यो जितले कर्णाली प्लेअफ सम्भावना बलियो बनेको छ । कर्णालीले ६ खेलमा ८ अंक जोडेको छ । यता लुम्बिनीको भने पहिलो संस्करणको एनपिएलको अन्त्य दुखद् भएको छ । प्लेअफ सम्भावनाबाटै यसअघि नै बाहिरिएको लुम्बिनीले प्रतियोगिताभर एउटा मात्र जित निकाल्न सफल भयो, बाँकी सबैमा हार व्यहोर्यो ।

आज लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीप जोरा २१ बलमा २ छक्काको सहयोगमा २४ रन जोडे । तर, अन्य खेलाडीले सोचेझैं प्रदर्शन गर्न सकेनन् । कप्तान रोहित पौडेल नचल्दा पनि लुम्बिनीका लागि गाह्रो भएको थियो ।

कर्णालीका जिसन मक्सुदले २ विकेट लिँदा कप्तान सोमपाल कामी, विलियम बेसिस्टो, नन्दन यादव र विपिन शर्माको हातमा एकएक विकेट रह्यो । अन्तिम बलमा लुम्बिनीले ६ रन बनाए खेल सुपरओभरमा जानसक्थ्यो । तर, नन्दनले डटबल फ्याँके ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २८ रनको योगफल बनाएको थियाे ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा तीन चौका र तीन छक्काको सहयोगमा ४४ रन जोडेका हुन् । त्यसैगरी अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।

ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्काको सहयोगमा २० रन जोडे । त्यसैगरी अर्का ओपनर देव खनाल तीन रनमा आउट भए । चालडिक वाल्टनले १३ रन जोड्दा गुलसन झा आठ रनमा आउट भए । कप्तान सोमपाल कामीले सात रन जोडे ।

लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका विकास आग्रीले तीन विकेट लिए भने तिलक राज भण्डारीले दुई विकेट झारे । त्यसैगरी साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान एक एक विकेट लए ।

Skip This
Skip This
Logo