नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य सूर्य थापाले बुद्ध एयरका मालिकलाई खुलापत्र लेखेका छन् । थापाले संचालक वीरेन्द्रवहादुर बस्नेतलाई बुद्ध एयरको सेवा बारे गुनासो र सुझावसहितको खुलापत्र लेखेका हुन् । बुद्ध एयरलाई बधाई र शुभकामना व्यक्त गर्दै थापाले आफ्नो भनाईलाई विरोध, भण्डाफोर नभएर सुधारको याचनाका रुपमा बुझ्न अनुरोध गरेका छन् ।
पढ्नुहोस् खुलापत्र
मान्यवर वीरेन्द्रवहादुर बस्नेतजी
नमस्कार ।
तपाईंको नेतृत्वमा निजी क्षेत्रको हवाई सेवा कम्पनी (बुद्ध एयरले गरेको प्रगतिप्रति बधाई र अझ उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दछु ।
तर पछिल्लो समय यसले यात्रुहरूको सेवा र सुविधाविपरित गरिरहेका केही क्रियाकलापप्रति व्यापक गुनासो र रोषको अवस्था बढिरहेकाले यो खुलापत्र लेखिरहेको छु । यसलाई विरोध, भण्डाफोर र भ्रत्सर्ना नभएर सुधारको याचना मात्र हो भनेर बुझिदिनुहोला ।
१) उडान ढिलो हुनुमा आकस्मिक र हेलचक्राई दुई अलगअलग कारण हुन सक्छन् । काउन्टरमा आएर बोर्डिङ पास लिँदा उडान १ घण्टा ढिलो छ भन्नुभन्दा एसएमएसमार्फत पहिल्यै जानकारी गराउन सकि हालिन्छ । प्रविधिको यस हिसाबले सदुपयोग गरेर अविलम्ब सुधार थालनी गर्नुहोस् ।
२) समय र उडानको ठेगान नभएको त नेपाल एयरलाइन्स नै छ, बुद्ध एयर वा अरूले किन प्रतिस्पर्धा गर्नुप¥यो ?
३) विरामी, अशक्त र समयको दबाबमा बुद्व एयरको उडान रोजेका व्यक्तिहरू ३ः०० बजे एयरपोर्ट आएर ६ः३० बजे मात्र उडान हुँदा करिब ४ घण्टा पर्खनुपर्ने बाध्यता कति पीडादायी र कष्टसाध्य यातनाजस्तो हुन्छ ? यात्रु भएर अनुभव गर्नुहोस ।
४) नेपाल र लुम्बिनी आउने पर्यटकहरूले यस्तो अवस्थामा कस्तो इम्प्रेसन लिएर फर्किरहेका छन् भनेर ख्याल गर्नुभएको छ ? त्यसको दीर्घकालीन प्रभाव कस्तो पर्ला ? कमसेकम ध्यान दिनुहोस ।
५) कामको हतारो र चटारोले हवाई उडान सेवा रोज्नेहरू ४,४ घण्टा एयरपोर्टमा पट्यारलाग्दो कुराइमा बस्न बाध्य हुँदा तावाबाट उम्केको माछो भुङ्ग्रोमा परेजस्तो भएको छ । यो स्थिति नियमितजस्तै हुनु अझ उदेकलाग्दो कुरा हैन र ?
६) विदेशमा जस्तै यसरी फजुल खेर फालिएको अमूल्य समयको क्षतिपूर्ति दिने व्यवस्था गरेर आफूलाई यात्रु उत्तरदायी बनाउदा कसो होला ? अनि एयरपोर्टमा कार्यरत कर्मचारी महानुभानुभावहरूलाई झर्केर र कर्केर प्रस्तुत नभई शिष्ट र विनम्र बनाउन सके कस्तो होला ?
७) काठमाडौ भैरहवा उडानबाट गौतम बुद्ध विमानस्थलमा अवतरण गरेर दाङ, प्यूठान, रोल्पा वा गुल्मी पुगी कार्यक्रम वा भेटघाट भ्याउन यहाँको उडान सेवा रोजेका यात्रुजन घर न घाटको हुँदा, अझ भैरहवा र बुटवलमा अकारण होटलमा बस्नु पर्ने बाध्यता सिर्जना हुँदा र एयरपोर्टमा लिन वा छोड्न आउने आफन्त र शुभेच्छुकहरू लामो पर्खाइमा रहनुपर्दा वा यात्रु स्वयम् अलपत्र पर्नुपर्दा कति असजिलो भएको छ ? समयमै ख्याल गर्नुहोस ।































प्रतिक्रिया