स्वस्थानीको किताबभित्र बाइबलको कथा

स्वस्थानीको किताबभित्र बाइबलको कथा

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

प्रत्येक बर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म अधिकांश हिन्दु धर्मावलम्वी नेपालीहरुको घरघरमा स्वस्थानी ब्रत कथा वाचन गरिन्छ । स्वस्थानीको व्रत बस्दा मनोकांक्षा पूरा हुने जन विश्वासका साथ नेपाली समाजमा स्वस्थानीको कथाले गहिरो छाप पारेको छ ।

यद्यपि हरेक बर्ष स्वस्थानीमा समावेश कथाहरुका विषयमा विभिन्न खालका टिका टिप्पणीहरु पनि हुँदै आएका छन् । तर यसपटक भने ‘हिन्दुको खोल ओढेर क्रिश्चियन धर्मको प्रचार’ गरेको तथ्य सार्वजनिक भएको छ ।

नेपाली बजारमा संक्षिप्त र विस्तृत गरी विभिन्न प्रकाशन गृहका स्वस्थानीका पुस्तकहरु पाइन्छ । कतिपय पुस्तकहरु भारतबाट समेत आउने गरेको छ । यस पटक भारतबाट ल्याइएको ‘श्रीस्वस्थानी कथा’ नामक पुस्तकमा इसाई धर्मको कथा प्रकाशन गरिएको पाइएको छ । नवीन एवं विशिष्ट संस्करणका रुपमा प्रकाशित यो पुस्तक गत बर्ष (२०७४) प्रकाशन गरिएको हो । यो पुस्तकको मुद्रक टाइम टेबुल प्रेस बाराणसीबाट गरिएको छ । स्वस्थानीको पुस्तकमा बाइबलका मति २७–५६, मर्कुस १५–१६, ४१, लुका २३, ६–५६, यूहन्ना १९, १६–४२ मा भएका कुराहरु समेटिएका छन् ।

पुस्तकको पृष्ठ नम्वर २६७ र २६८ मा बाइबलका कथाहरु समावेश छन् । एउटा कथानकका रुपमा विशेष टिप्पणी भनेर प्रकाशन गरिएको कथाहरुको पहिलो अनुच्छेदमा प्रभुको लीला एवं करुणा बुझाउन र संशय नाशको निम्ति धर्मग्रन्थादीमा अनेकौं कथानकहरु रहेको भनिएको छ । ‘कर्मफल, वाञ्छाक अथवा इच्छाप्राप्ति र प्रभुको लीला एवं करुणा बुझाउन र संशय नाशको निम्ति हाम्रा धर्मग्रन्थादीमा अनेकौं कथानक पाइन्छन् तर धर्मको सार्वभौमिकता दर्शाउने विविधता पनि रहोस् भनी अहिलेको युगमा प्रधानता पाएको इसाई मतको एउटा मर्मभेदी कथाको उद्धरण यहाँ दिइन्छ ।’ पहिलो अनुच्छेदमा लेखिएको छ ।

त्यसैगरी अन्तिम अनुच्छेदमा लेखिएको छ, ‘ठूलो समुदायद्वारा पुत्र मानिएका इसामसीहको जीवनमा यस घटनाको आधारमा बनाइएका यस कथानकले पनि छोटकरीमा कर्म र प्रारब्दिको गहन गति नै दर्शाउँछ साथै धैर्यसाथ धर्ममा रही आफ्नो कर्मफलादी काट्दै रह्यो भने उपयुक्त समय आएपछि भक्तजनको इच्छा पूर्ति हुने पनि बुझाउँछ । यो पनि स्पष्ट पार्दछ कि हामी अल्पमति र अल्पदृष्टिवान मनुष्यहरुले भनेजस्तो गरी इच्छापूर्ति नगराएर प्रेयभन्दा श्रेयलाई प्रधानता दिई सर्वविध कल्याण गर्ने क्रमबाट नै सर्वसामथ्र्यवान परमपिता परमेश्वरले कार्य गर्नु हुन्छ । अस्तु ।’

पुस्तकको मूल्य २५० रुपैया भारतीय रुपैया तोकिएको छ । तर नेपाली बजारमा यो पुस्तक ३५० नेपाली रुपैंयामा विक्रि वितरण भईरहेको छ । स्वस्थानीका अन्य पुस्तकहरुको तुलानामा यसको मूल्य सस्तो भएकाले अधिकांशले यही पुस्तक किन्ने गरेको पुस्तक विक्रेताहरुको भनाई छ । नेपाली बजारमा स्वस्थानीको पुस्तकहरुको मूल्य संक्षिप्त पुस्तकको ३५० रुपैंयादेखि विस्तृत पुस्तकको ५ सय रुपैँयासम्म पर्छ ।

को हुन् प्रकाशक ?

यो पुस्तकका प्रकाशक हुन् सागर शर्मा । उनले बाबु माधवप्रसाद शर्माका लागि भनेर पुस्तकमा उल्लेख गरेका छन् । यो प्रकाशन गृह के २३/१११, दूधविनायक, वाराणसी–१ भारतमा छ ।

माधवप्रसाद शर्मा नेपालका निर्वाचन आयुक्त इला शर्माका बुबा हुन् । उनी पण्डित भवनाथ शर्माका छोरा हुन् । भवनाथ शर्मा तत्कालिन राणा प्रधानमन्त्री देवशमशेरसँगै बनारस गएका थिए । माधवप्रसाद शर्माले स्थापना गरेको प्रकाशन गृह अहिले उनका छोरा सागर शर्माले संचालन गर्दै आएका छन् ।

कानूनमा के छ ?

नेपालको संविधानले दिएको धार्मिक स्वतन्त्रताको हक अनुसार आफ्नो धर्मको प्रयोग गर्दा अरुको आस्थामा चोट पु¥याउनु हुँदैन । ‘यस धाराद्वारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न गराउन वा कसैलाई धर्म परिवर्तन गराउने वा अर्का धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न गराउन हुँदैन र त्यस्ता कुरा कानुनबमोजिम दण्डनीय हुनेछ ।’ उपधारा ३ मा लेखिएको छ ।

त्यसैगरी मुलुकी अपराध संहिता २०७४ अनुसार कसैले लेखेर, वचनले वा आकार वा चिन्ह वा अरु कुनै किसिमबाट कुनै जातजाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पु¥याउनु हुँदैन । यदि कोही कसैले यस्तो गर्न लगाएमा वा गरेमा २ बर्षसम्म कैद र २० हजार रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ ।


त्यस्तै दफा १५७ मा धार्मिक रीतिस्थितीमा बाधा पु¥याउन नहुने र यदि त्यसो गरेमा एक बर्षसम्मको कैद वा दश हजार रुपैंयासम्मको जरिवाना वा दुवै सजाँय हुने व्यवस्था छ । त्यस्तै धर्म प्रचार गर्ने नियतले प्रचार गर्न नहुने व्यवस्था गरिएको छ । यदि कुनै नेपालीले यो व्यवस्थाविरुद्धको गतिविधि गर्याे भने ५ बर्षसम्मको कैद र ५० हजार रुपैंयासम्मको जरिवाना गरिने व्यवस्था छ । यदि विदेशीले यस्तो कानून उल्लंघन गरेमा कैद भुक्तान गरेको ७ दिनभित्र देश निकाला गरिने व्यवस्था छ ।


नेपालमा कति छन् क्रिश्चियन समुदाय ?

पछिल्लो समय नेपालमा क्रिश्चियन समुदायको संख्या बढ्दो छ । द गार्जियनले केही महिनाअघि प्रकाशन गरेको समाचारमा नेपालमा तिव्रदरमा क्रिश्चियन समुदाय बढीरहेको उल्लेख थियो ।

नेपाल राष्ट्रिय क्रिस्चियन महासंघका अनुसार नेपालमा १२ हजार ५ सय चर्च छन् । बि.सं. २०६८ को जनगणनाअनुसार १.४ प्रतिशत जनसंख्या ईसाई धर्मावलम्बी छन् । ईसाई धर्म मान्ने नेपालीको संख्या बढ्दोदरमा बढीरहेकाले पछिल्लो ७ बर्षमा निकै धेरै तथ्यांक फेरबदल भएको स्पष्ट हुन्छ । यद्यपि क्रिश्चियन समुदायले भने नेपालमा करिब ३० लाख जनसंख्याले ईसाई धर्म मान्ने गरेको दावी गर्दै आएका छन् ।

बिशेषतः अर्ध विकसित र विकाशोन्मुख देशहरुमा यो धर्मको प्रचारले व्यापकता लिएको छ । नेपालसँगै सुडान, इथियोपिया, केन्या, ब्राजिल, भारत, फिलिपिन्स, मेक्सिको लगायतका देशमा अभियानकै रूपमा प्रचारप्रसार भईरहेको छ  । एक अनौपचारिक अध्ययनअनुसार नेपाल र अफ्रिकन देशहरुमा बार्षिक औषत १० प्रतिशतका दरले क्रिश्चियन धर्मावलम्बीहरु बृद्धि भईरहेका छन् ।

नेपालमा क्याथोलिक, प्रोटेस्टेन्ट, सियोन, याहोवा साक्षी, ओन्ली जिजस, सेभेन्थ डे, मुन र चर्च अफ क्राइस्ट लगायतका क्रिश्चियन समुदायहरु छन् ।

ब्रम्हा, सृष्टिको उत्पत्ति कसरी भयो ? श्रीस्वस्थानीको दोस्रो अध्याय (भिडियोमा)

महादेव र सतीदेवीको विवाह प्रसँग (भिडियोमा)

दक्षका तेत्तीसकोटी कन्यासँग तेत्तीसकोटी देवताहरुको विवाह प्रसँग (भिडियोमा)

Skip This
Skip This
Logo