शनिवार दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल’को अडिसन

शनिवार दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल’को अडिसन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात दोस्रो सीजनको ‘सगून ज्वेलर्स प्रजेन्ट्स मिसेस भोग नेपाल २०२५’ मा भाग लिन चाहनुहुन्छ ? यो प्रतियोगितामा भाग लिएर उत्कृष्ट हुँदै नेपाललाई अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्न चाहने महिलाहरुका लागि हाउस अफ फेसनले एउटा सुनौलो अवसर प्रदान गरेको छ ।

सगून ज्वेलर्सको प्रस्तुति रहेको ‘मिस भोग नेपाल सीजन–२’ को अडिसन भोलि मंसिर २९ गते शनिवार काठमाडौंको दरबारमार्गस्थित पेन्टहाउसमा सञ्चालन गरिँदैछ । बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनमा सहभागिता जनाएर प्रतिस्पर्धामा छनोट हुनका लागि प्रयास गर्न आयोजक संस्थाले महिलाहरुलाई आग्रह गरेको छ ।

यो प्रतियोगितामा सहभागिता जनाउन १८ वर्ष उमेर पूरा हुनुपर्नेछ । प्रतियोगितामा विावाहित विधवा, डिभोर्सड् तथा एकल आमाहरुले सहभागिता जनाउने छन् ।

शनिवार बिहान ९ बजेदेखि अडिसन कार्यक्रम प्रारम्भ हुने आयोजक संस्थाले जनाएको छ । अडिसनो निर्णाया गीता गरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा रिश्मा केसी रहने छन् ।

मिसेस भोग नेपालको उपाधि जित्ने एक जना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्वीन इन्टरनेशनलमा सहभागिताको अवसर पाउने छिन् । यसबाहेक पाँच लाख रुपैया बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसंग आवद्ध हुने तथा अन्य अवसरहरु प्राप्त गर्नेछन् ।

हाउस अफ फेसनले अघिल्लो अघिल्लो वर्षदेखि मिसेस भोग नेपाल आयोजना गर्न थालेको हो । सन् २०२४ को संस्करणमार्फत प्रारम्भ भएको यो प्रतियोगिताले महिला शक्तिकरण गर्ने मुख्य लक्ष्य लिएको छ भने विवाहपछि पनि महिलो करियर समाप्त हुँदैन भन्ने अवधारण समावेश गरेको छ ।

‘मिसेस भोग नेपाल एउटा त्यस्तो प्लेटफर्म हो, जहाँ विवाहितमात्र होइन, एकल महिला, एकल आमाहरुले समेत सहभागिता जनाउन सक्नेछन्, आयोजक संस्थाकी प्रमुख ओसिमा बानुका अनुसार यो प्रतियोगिता सहभागिा जनाउनका लागि उचाइ, तौला, रंग ता जातिको कुनै परिधि तोकिएको छैन ।

यसपटकको प्रतियागितामा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा करिश्मा केसीले ब्राण्ड एड्भोकेटसको रुपमा सहभागिता जनाएका छन् ।

मिसेस भोग नेपाल २०२३ सीजन १ मा पूजा पाख्रिनले मुख्य उपाधि जितेकी थिइन भने भिभा स्नेतले कमर्सियल एम्बासडर, आकृति श्रेष्ठले फस्ट रनर्सअप तथा मनिला लामिछानेले सेकेण्ड रनर्स अपको उपाधि जितेका थिए ।

Skip This
Skip This
Logo