गोरखकाली रबर उद्योगका सबै कर्मचारीलाई अनिवार्य अवकाश दिइने

गोरखकाली रबर उद्योगका सबै कर्मचारीलाई अनिवार्य अवकाश दिइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

२०७१ चैतदेखि बन्द रहेको गोरखकाली रबर उद्योगका सबै कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

टायर उत्पादन गर्ने नेपालको एक मात्र रबर उद्योग लामो समयदेखि बन्द अवस्थामा छ । उद्योगका सबै कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय भएको छ, उनले भने , कर्मचारीले उद्योगलाई बुझाउनुपर्ने बाँकी बक्यौता बुझाएर अनिवार्य अवकाश लिँदा सुविधा पाउने छन् ।

उद्योग बन्द भएयता कार्यरत दुईसय ३२ जना कर्मचारी तथा मजदुरले पनि तलब पाएका छैनन् ।
अन्नपूर्णबाट

Logo