आज देशभर सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

किरात समुदायको पर्व उधौली, नेवार समुदायको योमरी पूर्णिमा (योमरी पुन्हि) र धान्य पूर्णिमाको अवसरमा देशैभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले सार्वजनिक बिदा दिएसँगै आज सरकारी कार्यालय र विद्यालयहरू बन्द रहनेछन् ।

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउने गर्छन्। पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् ।

Skip This
Skip This
Logo