काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरी पुन्हि र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँअनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।”
प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उधौली पर्व मनाइने प्रचलन रहेको बताएका छन् ।





























प्रतिक्रिया