अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता

अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता

केन्द्रबिन्दु
18
Shares

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४–७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो ।

पालिकाकी उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु एक हजार प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ ।

भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक बञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो ।

Skip This
Skip This
Logo