देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
हजामदेखि पानीजहाज इञ्जिनियर सम्मका जनशक्ति खोज्दैं सरकार
मुलुकले आर्थिक समृद्धिको लक्ष्य लिएसँगै कुन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र थप कति आवश्यक छ भन्ने स्पष्ट आँकडा पाउन मुस्किल छ । राष्ट्र निर्माणका लागि हरेक क्षेत्रमा दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको अहम् भूमिका हुने भएकाले आगामी २५ वर्षका लागि त्यसको प्रक्षेपण गर्न नेपाल सरकारको कार्यदल सक्रिय छ ।
बसमा आपत्तिजनक हर्कत गरेको भिडियो भाइरल, प्रहरी भन्छ– ‘कुनै उजुरी परेको छैन’
यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाईरल बनेको छ । सार्वजनिक यातायातमा महिला तथा बालिकामाथि हुने यौन हिंसा कम गर्न भन्दै प्रहरीले विभिन्न अभियान सञ्जालन गरेपनि उक्त भिडियोबारे प्रहरी मौन छ ।
अनसनस्थलबाटै सांसदहरुलाई डा. गोविन्द केसीको पत्र
विगत १६ दिनदेखि अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई पत्र लेखेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दैं १६ औं सत्याहग्रहमा लागेको डा. केसीले प्रतिनिधिसभा सदस्यहरुलाई अनसनस्थलबाटै पत्र लेखेका हुन् । बिहिबार पत्र लेख्दै उनले संसदीय समितिले गरेको त्रुटिलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्न सांसदहरूलाई आग्रह गरेका छन्।
कञ्चनपुरमा काँडेतार लगाउन भारतीयले दशगजामा डोजर नै चलाए
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चिवतमा सिमा क्षेत्रमा काँडेतार लगाउँदा कञ्चनपुरमा भने भारतीय डोजर नै लगाएका छन् । विप्लवको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले चितवनमा मिचिएको सिमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले रातारात भत्काएको थियो । तर कञ्चनपुरमा भने काँडेतार लगाउन भारतीयले डोजर नै चलाएर गहिरो खाल्डो बनाईरहेको छ ।
स्मार्टसिटी: चुनावी मसला मात्रै कि वास्तविकता पनि ?
अनुशासनहिन र भ्रष्ट नेपाल प्रहरी
शुक्रबारदेखि सुदूरपश्चिमबाट पनि श्रम स्वीकृति
सोलुखुम्बुमा हिमपातले सडकदेखि हवाई उडान समेत ठप्प
मदन पुरस्कार विजेता सफल प्राध्यापक मोहनराज शर्माको निधन
प्रहरीलाई घुस दिंदै हुनुहुन्छ ? सावधान !
उषाकला राई भन्छिन्, ‘लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरी किरियापुत्री बसेकी हुँ’
“जनतालाई विकास चाहिन्छ”: पूर्वमन्त्री मिश्र
प्रदेश दुईको सरकारले छोरी जन्मिए १ लाखको बिमा गरिदिने
क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना
महादेव र सतीदेवीको विवाह प्रसँग (भिडियोमा)
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया