अटोमोबाइल्स क्षेत्रले मुलुकको अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्‍याएको छ -अध्यक्ष अग्रवाल

अटोमोबाइल्स क्षेत्रले मुलुकको अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्‍याएको छ -अध्यक्ष अग्रवाल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल्स क्षेत्रले मुलुकको कुल अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्‍याएको दाबी गरेका छन् ।

नाडाको ४८औँ वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले अटोमोबाइल्स क्षेत्रमा ३ हजारभन्दा बढी उद्यमी जोडिएको उल्लेख गर्दै नीति परिवर्तनको माग पनि गरेका छन् ।

‘नीतिगत कारण हामी मन्दीमा छौं । सरकारबाट निजी क्षेत्रले नीति परिवर्तनको आशा राखेको छ । छिमेकी देशमा भन्दा यहाँ कारमा ४ गुणा बढी कर लाग्छ ।’ उनले भने, ‘अब कर घटाउनुपर्छ, दायरा फराकिलो बनाउनुपर्छ ।’

मौद्रिक नीतिले अटोमोबाइल्स क्षेत्रलाई सहयोग गर्नुपर्ने अवस्था रहेकोमा पनि उनले जोड दिए । नेपालको अर्थतन्त्र शिथिल अवस्थामा रहेको भन्दै यसलाई चलायमान बनाउन निजी क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने पनि औंल्याए ।

Logo