कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

महासमिति सकिएको एक महिनापछि पहिलो पटक बस्ने बैठकमा काँग्रेसले विधान, भ्रातृ संङगठन समसामयीक राजनीतिक अवस्था र आफ्नो लिने नीति तथा कार्यक्रमबारे छलफल गर्नेछ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्य पनि उपस्थित हुनेछ ।

यो बैठकबाट गत पुस ८ गते सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टीको विधान मस्याँैदा, राजनीतिक, आर्थिक प्रस्तावलगायतका प्रस्तावलाई पनि अनुमोदन गर्ने बताइएको छ ।

संशोधित विधान बमोजिम काँग्रेसले आगामी दिनमा केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र टोलसम्म ८ तहको पार्टी संरचना निर्माण गर्नेछ ।

Logo