मेलम्चीको बाँकी काम सेनालाई दिने तयारी

मेलम्चीको बाँकी काम सेनालाई दिने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय लिएको थियो । महत्वपूर्ण आयोजनाका रूपमा लिइएको मेलम्चीलाई सरकारले निर्माणको बाँकी कामको जिम्मा सेनालाई दिने तयारी गरेको हो ।

स्रोतका अनुसार नयाँ निर्माण कम्पनी खोज्ने कि नेपाली सेनालाई दिने भन्ने विषयमा सरकारी तवरमा छलफल भइरहेको छ । तर सरकारले मेलम्चीको बाँकी काम गर्न उपयुक्त विकल्पका रूपमा नेपाली सेनालाई राखेको हो ।

सीएमसीले काम छाडेपछि बाँकी काम अगाडि बढाउनका लागि सरकारले सेनालाई पनि उपयुक्त विकल्पका रूपमा छानेको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । आयोजनाको बाँकी रहेको थोरै मात्र कामका लागि नयाँ ठेकेदार छनोट गर्दा काममा अर्को जोखिम मोल्नुपर्ने भएकाले सेनालाई नै दिँदा जायज हुने सरकारको बुझाइ छ ।

तर सेनालाई बाँकी काम गर्न दिने विषयमा दातृ निकाय भने सहमत नहुने सम्भावना रहेको स्रोत बताउँछ । यस्तो भएमा नेपाली सेनाले सो आयोजनाको काम पाउँदैन । यस योजनामा दातृ निकायका रूपमा रहेको एसियाली विकास बैंकले सेनाबाट काम गराउन मान्छ कि मान्दैन भन्ने विषयमा पनि व्यापक छलफल हुने मन्त्रालयको भनाइ छ ।

तर एडीबी भने नयाँ ठेकेदार कम्पनीबाट बाँकी काम गराउन चाहन्छ । अब सरकारको हातमा तीन विकल्प छन्, आयोजनाको कामका लागि नयाँ ठेकेदार कम्पनी खोज्ने, पेट्टी ठेक्कामा दिने वा सेनालाई दिने ।
राजधानीबाट

Skip This
Skip This
Logo