चट्याङ लागेर चरिरहेका ५२ भेडा मरे

चट्याङ लागेर चरिरहेका ५२ भेडा मरे

केन्द्रबिन्दु
0
Shares

बाजुरा

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जंगलमा चराउन लगेको अवस्थामा चट्याङ लागेर ५२ वटा भेडा मरेका छन् । भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । चुथीको जंगलमा सँगै चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमै मरेको भाटले बताए ।

मंगलबार साँझ चट्याङ परेर भेडा मरेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण बुधबार मात्रै यकिन भएको भेडा व्यावसायिक राजेन्द्र रोकायाले बताए । रोकायाले भेडापालन व्यवसाय आफ्नो र धामीको साझेदारी गरिएको बताए ।

चट्याङका कारण करिब पाँच लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरूले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए ।

चट्याङकै कारण रेडियो बाजुराको स्टेसनमा पनि क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेसिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताइन् । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण पनि बन्द भएको छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo