१० ओभरमा ३ विकेट गुमाउदै सूदुरपश्चिमले बनायो ५० रन

१० ओभरमा ३ विकेट गुमाउदै सूदुरपश्चिमले बनायो ५० रन

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिग अन्तर्गत समूहचरणको अन्तिम खेलमा १०२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको सूदुरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १० ओभरमा ५० रन बनाउँदै ३ विकेट गुमाएको छ । तीन विकेटका रूपमा सूदुरपश्चिमले सैंफ जेड, बिनोद भण्डारी र ब्रान्डन म्याकमुलमलाई गुमाएको हो । कर्णालीका लागि सोमपाल कामी र विपिन शर्माले १र१ विकेट लिएका छन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि ओमानी खेलाडी जिसन मकसुदले बनाएको ३० रन नै सबैभन्दा बढी रन हुन पुग्यो । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन ।

बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ३ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट, स्कट कुगेलेइनले २ विकेट लिए । सेफ अली जेबले पनि एक विकेट लिए । प्ले अफ चरणमा पुग्ने तीनवटा टोलीको टुंगो लागिसकेको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्ले अफ चरणमा पुगिसकेका छन् ।

प्ले अफ चरणमा पुग्ने एउटा टोलीको मात्र टंगो लाग्न बाँकी छ । कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्ले अफ चरणमा पुग्नेछ । सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच हाल भइरहेको खेलले नै त्यसको टुंगो लगाउने छ । हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।

Skip This
Skip This
Logo