केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

प्रहरी इन्काउन्टरदेखि नेविसंघको संघर्षसम्म

प्रहरी इन्काउन्टरदेखि नेविसंघको संघर्षसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

नेविसंघले थाल्यो सरकारविरुद्ध सडक आन्दोलन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) ले सरकार विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिको आयोजनामा माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन नयाँ वानेश्वरसम्म पुगेको थियो ।

भारतमा राहुल गान्धीले आफ्नी बहिनीलाई बनाए पार्टी महासचिव

भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नी बहिनीलाई पार्टी महासचिव बनाएका छन् । गत वर्ष भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष बनेका राहुलले बहिनी प्रियंकालाई उत्तरप्रदेशको पूर्व भाग हेर्ने गरी महासचिव चुनेका हुन् ।

अस्थायी शिक्षकको अन्तर्वार्ता नरोकिने, अदालत गएकालाई पनि अवसर

बिहीबारदेखि अस्थायी शिक्षकको मावि तहको अन्तर्वार्ता हुँदैंछ । मंगलबार सर्वोच्च अदालतले शिक्षक सेवा आयोगको नाममा एउटा आदेश जारी गरेको थियो । निमावी तहमा स्थायी भईसकेका अस्थायी शिक्षकलाई माविको कुनै पनि प्रक्रियामा सहभागी नगराउने निर्णय शिक्षक सेवा आयोगले गरेको थियो । आयोगको सो निर्णयविरुद्ध सोलुखुम्बुका शिक्षक मदन राई सहित ८ जना शिक्षकले साउन २५ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

प्राधिकरणको लापरबाहीले फाखेलमा एक व्यक्ति गम्भीर घाइते

नेपाल विद्युत प्राधिकरणको लापरबाहीले मकवानपुरको फाखेलमा एक व्यक्ति गम्भीर घाइते भएका छन्।प्राधिकरणले बाटोमा लत्रेको तार व्यवस्थापनमा चासो नदिंदा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ चखेलका रामकृष्ण कार्की गम्भीर घाइते भएका हुन्। मंगलबार बिहानै मोटरसाइकलमा मकैबारीतर्फ जाँदै गरेका उनलाई करेन्ट लागेको हो।

नेपालको भ्रामक प्रचार गर्ने भारतीयबिरुद्ध नेपालीहरु आक्रोशित (भिडियो रिपोर्ट)

यतिबेला सामाजिक सञ्जाल फेसबुक र युट्युवमा एउटा भिडियो भाइरल बनिरहेको छ । ‘फुल केस स्टडी अफ नेपाल’शिर्षकको यो भिडियो भारतीयमोटिभेसनल स्पिकर डा. विवेक बिन्द्राले बनाएका हुन् । अहिले धेरै नेपालीले यो भिडियो शेयर गर्दै सरकारलाई गाली गरिरहेका छन् ।कतिपयले आफ्ना सर्कलका साथीहरुलाई इन्बक्समार्फत भिडियो फर्वाड गरिरहेका छन् । भिडियो नेपालीहरु माझ यति धेरै लोकप्रिय बनेको छ कि यो सामाग्री तयार पार्दासम्म नेपालको ट्रेन्डिङ नम्वर १४ मा पुगिसकेको छ ।

सप्तरीमा प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु

रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा एक जनाको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका ३० वर्षीय दीपेन्द्र चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

तामाकोशीको शेयरले फेरि मच्चायो तहल्का

अध्यक्ष दाहालको स्वास्थ्यमा सुधार : बुहारी डिस्चार्ज

डा. केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

भोजपुर केन्द्र भएर गयो ४.५ रेक्टर स्केलको भूकम्प

चन्द्रागिरी र दामनमा हिमपात (फोटोफिचर)

अंग्रेजी बोलेको भन्दै मरासन्न हुनेगरी कुट्ने दुई प्रहरी निलम्बित

नेपालको दुष्प्रचार गरिएको भिडियो नेपालीले नै भाइरल बनाएपछि…

विप्लव माओवादीले सिमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले रातारात हटायो

पानीमुनिबाट पक्राउ परे नेपाली युवती तस्करी गर्ने खुंखार तस्कर लोप्साङ

डाभोस विश्व आर्थिक मञ्च: नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

आफ्नै छोरीलाई बेचेर यौन व्यवसायमा लगाउने बाबु पक्राउ

फेज आउट गर्ने निर्णय बिरुद्ध आमरण अनसन बस्न बाध्य हुने

युद्धको लागि तयार रहन निर्देशन दिएको चीनले सैनिकको संख्या किन घटायो ?

इन्डोनेसियामा दुईवटा शक्तिशाली भूकम्प

दक्षका तेत्तीसकोटी कन्यासँग तेत्तीसकोटी देवताहरुको विवाह प्रसँग (भिडियोमा)

साम्राज्ञीको इन्स्टाग्राम ह्याक, अश्लिल तस्बिर पोष्ट

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo