शिवपुरीक्षेत्रको हरियाली जंगलमा विश्वकै अनुपम मन्दिर निर्माण भैरहेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १ को नारायणस्थान मन्दिरबाट करिब २ किमी उत्तर पूर्वको दुरीमा रहेको यो ठाउँमा आधुनिक किसिमले मन्दिरका संरचनाहरु निर्माण भैरहेको छ।
सुन्दर मन्दिर (कुटी)को आँगनमा विभिन्न पर्व तथा तिथीहरुमा हवन गर्ने सुन्दर हवन कुण्ड बनाइएको छ । हवन कुण्डको अगाडि दश महाविद्या उत्पत्तिक्रम अनुसार आदिनाथ शिवको प्रतिमा बनाइने छ। जसको वरिपरि दश महाविद्याको दशवटा ढलोट धातुका ६ फिट अग्ला प्रतिमा एउटै मन्दिरको छानोमुनि रहने गरी सहस्रदल कमलको छानो भएको सुन्दर र विश्वकै अनुपम मन्दिर बनाउने कार्य भैरहेको छ।
यो मन्दिर त्यहाका योगीजन तथा साधकहरुबाट निर्माण भैरहेको रहेछ । अहिले मन्दिरमा स्थापना गर्नका लागि सुनको जलप लगाएको धपक्क बलेको बंगलामुखी मूर्ति ल्याईसकेको छ। मन्दिरमा एउटै छानोमूनि एघार वटा देवीदेवताहरु बसेर धार्मिक र लोककल्याणको चर्चा गरेर बसे जस्तो दृश्य देखिने छ ।
मन्दिर निर्माणका लागि देश विदेशका प्रेरक, साधक, भक्त एवं ईश्वरानुरागीहरुका सहयोग भैरहेको छ ।































प्रतिक्रिया