काठमाडौं । भारतीय कंग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नी बहिनीलाई पार्टी महासचिव बनाएका छन् । गत वर्ष भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष बनेका राहुलले बहिनी प्रियंकालाई उत्तरप्रदेशको पूर्व भाग हेर्ने गरी महासचिव चुनेका हुन् ।
प्रियंकाले यसअघि सन् २०१४ मा दाजु राहुल र आमा सोनियाको निर्वाचन क्षेत्रमा चुनावी अभियान सम्हालेकी थिइन्। कंग्रेस नेताहरूले प्रियंकाको नियुक्तिसँगै आगामी मे र अप्रिलमा हुने लोकसभा चुनावमा उत्तर प्रदेशमा मायावती र अखिलेश यादवको गठबन्धनलाई चुनौती हुने दाबी गरेका छन् ।
उनले सत्तारूढ भारतीय जनता पार्टीलाई पनि धक्का लाग्ने कंग्रेसको आशा छ। भाजपाले प्रियंका पति व्यापारी रोबर्ट भद्रालाई हरियाणा र राजस्थानमा जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदैं आएको छ ।
भाजपाले भने राहुल गान्धी फेल भएकाले प्रियंकालाई अघि सारिएको प्रतिक्रिया दिएको छ । अध्यक्ष राहुलले भने प्रियंका शक्तिशाली नेता भएको दाबी गर्दै आएका छन् ।
राहुलले त्यस्तै केसी भेनुगोपाल, अशोक गेल्हाट र जोतिर्यआदित्य सिन्दियालाई पनि महासचिवमा नियुक्त गरेका छन् । उनीहरुलाई विभिन्न क्षेत्र हेर्ने जिम्मेवारी दिईएको छ ।





























प्रतिक्रिया