काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकमा धारणा राख्ने र जवाफ दिने क्रम सकिए पनि नेताहरूको कार्यविभाजनको काम बाँकी रहेकाले मंगलबार पनि बैठक बस्ने भएको हो ।
आजको बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन गरिने छ । प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको छैन ।
उनले बैठक अगामी निर्वाचनहरूमा एकीकृत समाजवादीलाई सशक्त प्रतिस्पर्धी पार्टीको रूपमा उभ्याउने र कलम चिह्नका उम्मेदवारहरूलाई देशभर स्थापित गर्नेबारे केन्द्रित रहेको पनि बताए ।































प्रतिक्रिया