नेपाल विद्युत प्राधिकरणको लापरबाहीले मकवानपुरको फाखेलमा एक व्यक्ति गम्भीर घाइते भएका छन्।
प्राधिकरणले बाटोमा लत्रेको तार व्यवस्थापनमा चासो नदिंदा इन्द्रसरोवर गाउँपालिका वडा नं ५ चखेलका रामकृष्ण कार्की गम्भीर घाइते भएका हुन्। मंगलबार बिहानै मोटरसाइकलमा मकैबारीतर्फ जाँदै गरेका उनलाई करेन्ट लागेको हो।
बाटोमा तार लछारिएको देखेपछि बाइकबाट ओर्लिएर तर पन्छ्याउन खोज्दा उनलाई करेन्ट लागेको स्थानियले बताएका छन्। घाइते कार्कीको खुट्टा, हात र ढाड लगायत शरीरका अन्य भाग जलेको उनको श्रीमती शर्मिला कार्कीले बताइन् । कार्कीलाई अहिले पाटन अस्पतालमा आकस्मिक कक्षमा राखिएको छ ।
बिधुत लाइनको व्यवस्थापन गर्न प्राधिकरणलाई पटक पटक आग्रह गरे पनि बेवास्ता गर्दै आएको स्थानीयको दाबी छ। उनीहरुले घाइतेको उपचार गरि दिनुपर्ने माग गरेका छन् ।































प्रतिक्रिया