काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमा अपराध र चोरी तस्करी नियन्त्रणमा कुनै बहानाबाजी स्वीकार्य नहुने बताएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मगंलवार भैरहवामा सम्बोधन गर्दै उनले सीमा अपराध र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
गृहमन्त्री लेखकले लुम्बिनीमा लागूऔषध, वित्तीय अपराध, आत्महत्या, सवारी दुर्घटना र साइबर क्राइम जस्ता अपराध रहेको औँल्याए । समाजमा द्वन्द्व र अराजकता निम्ताउने गरी व्यक्तिको चरित्र हत्या र दुष्प्रचार भएको भन्दै गृहमन्त्रीले कानुनी शासनमा भीडले प्रभावित गर्ने प्रयास भएको बताए ।
गोष्ठीमा लुम्बिनी प्रदेशका बाह्रै जिल्लाका प्रमुखजिल्ला अधीकारी, तिनवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको छ ।































प्रतिक्रिया