भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो

भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा आज (मंगलबार) भइरहेको भारतविरुद्धको खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ ।

क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११ः४५ मा सुरु भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् ।

टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् ।

Skip This
Skip This
Logo