तामाकोशीको शेयरले फेरि मच्चायो तहल्का

तामाकोशीको शेयरले फेरि मच्चायो तहल्का

केन्द्रबिन्दु
0
Shares

गत आइतबारदेखि निरन्तर ओरालो लागेको अपर तामाकोशीको शेयर आज फेरि ह्वात्तै उकालो लागेको छ।

अहिले १ बजेसम्मको बजार हेर्दा तामाकोशीको शेयर भ्यालु २७० रुपैया पुगेको छ। यसको उच्चतम बिन्दु २७२ र न्युनतम बिन्दु २५५ रुपैया छ।  सबैभन्दा बढी कमाउने कम्पनीहरुको दोश्रो नम्बरमा समेत तामाकोशीका लगानीकर्ता रहेका छन्।  कारोबार रकम १३ करोड रुपैयाँ नाघेको अबस्था छ ।

सबैभन्दा बढी शेयर कारोबार हुनेमा पनि तामाकोशीकै सबैभन्दा बढी छ।  अहिलेसम्म ५० हजार भन्दा बढी शेयर कारोबार भैसकेको तामाकोशीको ८४९ पटक शेयर कारोबार भैसकेको नेप्सेले जनाएको छ।

गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको शेयर कारोवार शुरु भएको हो । कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर सूचीकरण गरेको थियो । नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको थियो  ।

Logo