काठमाडौँ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ पुस २८ गते आम्रपाली ब्यान्क्वेटमा साधारणसभा बोलाएको हो ।
कम्पनीको साधारणसभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
साथै कम्पनीले १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीका अनुसार १५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउँछ । सो चुक्ता पुँजी १ः ०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।
विद्युत् नियमन आयोगको सहमति लिई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय कम्पनीले गरेको छ । कम्पनीले ६५ मेगावाटको दूध खोला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यससँगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।































प्रतिक्रिया