काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारतले अंक बाँडेका छन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपाल र भारतबीच आज भएको खेल वर्षाले स्थगित गरेपछि अंक बाँडेका हुन् ।
भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटकाे क्षतिमा ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले २५ र अलिसा यादवले २० रन बनाउनु बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतकी पारुनिका सिसौदाले ४ विकेट लिइन् ।
जवाफी ब्याटिङ थालेको भारतले ३ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाउँदा वर्षाले स्थगित भएकाे हाे ।
नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । भारतसँग अंक बाँडेपनि नेट रनरेटका आधारमा नेपाल उपविजेता बनेकाे छ ।
समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् ।































प्रतिक्रिया