दुर्घटनामा सत्ताइस जना घाइते

दुर्घटनामा सत्ताइस जना घाइते

केन्द्रबिन्दु
0
Shares

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् ।

काठमाणडौबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

Logo