आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट

आइएमई पे एपबाट आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा अब दुई हजार छुट

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आइइएलटिएस टेस्टको शुल्क भुक्तानीमा एक हजार छुट सुविधालाई हालै सार्वजनिक गरेको थियो।

सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्द्धन गर्नका लागि आइएमई पेले आइइएलटिएस टेस्ट शुल्कमा फ्ल्याट दुई हजार क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पौष ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १००० छुट सुविधा निरन्तर चलिरहने छ ।

यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आइइएलटिएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन् । प्रयोगकर्ताहरूले आइइएलटिएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट आइइएलटिएस युकेभिआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए१–ए२–बी१ को निम्ति भुक्तानी गर्न सक्नेछन् ।

Skip This
Skip This
Logo