‘जातीय समानता सुनिश्चित गर्न सामाजिक सुधार पनि आवश्यक छ’ -सभापति देउवा

‘जातीय समानता सुनिश्चित गर्न सामाजिक सुधार पनि आवश्यक छ’ -सभापति देउवा

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र सामाजिक सुधार आवश्यक भएको बताएका छन् ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले समता र समन्वय नै मूलुकको विकासको पहिलो आधार हो भन्ने यर्थातलाई बुझेर सबैले गहिरोगरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका हुन् ।

राज्यका सबै जातजाति ,समुदाय र क्षेत्रको समतामुलक विकासले मात्रै मूलुकको समग्र विकास सम्भव रहेको उनको भनाई छ ।

उनले भने,‘समता र समन्वय नै मूलुकको विकासको पहिलो आधार हो भन्ने यर्थातलाई बुझेर सबैले गहिरोगरी आत्मसाथ गर्नुपर्ने आजको आवश्यकता हो भन्ने कुरामा कसैको पनि विमति छैन् । राज्यका सबै जातजाति समुदाय क्षेत्रको समतामुलक विकासले मात्रै मूलुकको समग्र विकास सम्भव हुन्छ ।’

Skip This
Skip This
Logo