काठमाडौं । खानेपानी मन्त्री विना मगरको निजी सचिवालयले मन्त्रालयका सहसचिव राजनराज पाण्डेले खानेपानी मन्त्री मगर र खानेपानी सचिवमाथि पूर्वाग्रह साँधेर बदनाम गरेको जनाएको छ ।
मन्त्री मगरको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा सहसचिव पाण्डे संघीयता विरोधी कुरा गर्दा प्रदेश नम्बर ७ बाट फिर्ता भएको र जापानमा हुने एउटा तालिममा जान नपाएपछि प्रतिशोध साँध्दै मिडियाबाजीमा उत्रिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मर्यादित सहसचिव पदमा रहेका व्यक्तिले पूर्वाग्रही र अनुशासनहीन भएर दिइएको प्रतिक्रिया अनुशासनहीनताको पराकाष्ठा हो र जिम्मेवारी नदिइएको विषय कपोलकल्पित र भ्रामक हो ।’
यसअघि सहसचिव पाण्डेले मन्त्री र सचिवले जिम्मेवारी नदिँदा विगत ६ महिनादेखि काम विहिनभएको बताएका थिए । उनले निजामति कितावखानालाई बुझाएको का.स.मू फारममा पनि मन्त्री र सचिवले जिम्मेवारी नदिएको भन्दै लेखेका थिए ।

सहसचिव पाण्डेको आक्रोशः खानेपानी मन्त्री र सचिव ‘घुस्याहा’ (प्रमाणसहित)































प्रतिक्रिया