ब्रम्हा, सृष्टिको उत्पत्ति कसरी भयो ? श्रीस्वस्थानीको दोस्रो अध्याय (भिडियोमा)

ब्रम्हा, सृष्टिको उत्पत्ति कसरी भयो ? श्रीस्वस्थानीको दोस्रो अध्याय (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । श्रीस्वस्थानी ब्रत कथा सोमबारदेखि सुरु भएको छ । यो पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्रीस्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत कथामा प्रत्येक दिन एक एक अध्याय बाचन गर्ने गरिन्छ । स्वस्थानीको प्रत्येक अध्यायको कथा सकिएपछि इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानीव्रतकथायां…भन्दै स्वस्थानीको आधारग्रन्थ स्कन्दपुराण भएको बताइएको छ ।

३१ अध्यायमा विभक्त स्वस्थानी व्रत कथाका केही कथा स्कन्दपुराणबाट लिइएको भए पनि सबै होइनन् । पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३ श्लोक मात्र स्वस्थानी व्रतमाहात्म्य बताइएको छ ।

स्वस्थानीको कथामा आउने प्रसङ्गहरू स्वस्थानी देवीको स्वरूप, व्रतविधिलगायत शिवशर्मा, गोमा, नवराजआदि प्रसङ्ग सामान्य रूपमा बताइएको छ । यसबाहेक श्रीमद्भागवत, विष्णु बाराहलगायतका पुराणलाई पनि स्वस्थानी कथाको आधार बनाइएको छ ।

श्रीस्वस्थानीको दोस्रो अध्यायमा ब्रम्हाहरु कसरी उत्पत्ति भए ? संसार सृष्टिको कसरी भयो ? विष्णुको नाइटोमा उम्रिएको कमलको फूलबाट ब्रम्हाको उत्पत्ति भएको लगायका विषयमा दोस्रो अध्यायमा वर्णन गरिएको छ । हेर्नुहोस श्रीस्वस्थानी ब्रत कथाको दोस्रो अध्यायः

Skip This
Skip This
Logo