जनकपुरका निशमले लिए देव खनालको विकेट

जनकपुरका निशमले लिए देव खनालको विकेट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका जिमी निशमले पहिलो बलमै विकेट दिलाएका छन् ।

जनकपुरका लागि यो दोस्रो सफलता हो ।

टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको कर्णालीले ५.१ ओभरमा ओपनर देव खनाललाई गुमाएको हो । उनी २० बलमा २४ रन जोडेर आउट भए ।

त्यसअघि दोस्रो ओभरको पहिलो बलमै ललित राजवंशीले कोल्सावालाई १ रनमै आउट गरेका थिए । ललित एनपीएलकै सर्वाधिक विकेटका प्रमुख दाबेदार हुन् ।

Skip This
Skip This
Logo