काठमाडौं । रिल लाईफ जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी अभिनित फिल्म ‘प्रेम दिवस’ को पहिलो गीत सार्वजनिक भएको छ ।
प्रेम दिवसको ‘त्रिमो छेउ सरु कि म’ बोलको गीत सार्वजनिक भएको हो । अन्जु पन्तले गाएको गीतमा महाराज थापाले शब्द तथा संगीत दिएका छन् । चलचित्रमा प्रियंका र आयुषमान मुख्य भूमिकामा छन् ।
योगेश घिमिरे निर्देशित चलचित्रमा प्रियंका र आयुष्मानसँगै हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।
यस चलचित्रमा प्रदिप भारद्वाजको कथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पदान र कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । यो गीतको सम्पूर्ण छायांकन इलाममा गरिएको छ । प्रेम दिवस आउदो जेठ ३ गते देखि देशभर प्रदर्शन हुँदैछ ।































प्रतिक्रिया