काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले खराब ब्याटिङको सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले पावर प्लेमा १६ रन बनाउँदा नै ओपनरद्वयसहित ३ विकेट गुमाएको हो । ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रनमै समेटिए ।
यता कर्णालीका कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र विपिन शर्माले समान एकएक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका हुन् ।
ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्सुद ११ बलमा दुई चौकाको सहयोगमा १२ रन जोडे । त्यस्तै १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाए ।
जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुईरदुई विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान एक/एक विकेट झारे ।































प्रतिक्रिया